
फिल्म र संगीतसम्बन्धी अनेकन अवार्ड कार्यक्रम हुने गरेको हाम्रो परिप्रेक्षमा पहिलोपटक पेजेन्ट नेपाल इन्टरनेसनलले फेसन र मोडलिङ विधामा केन्द्रित रहेर फेसन एन्ड मोडल अवार्ड २०१९ आयोजना गरेको छ । गत साउन २३गते बिहीबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा तामझामका साथ सञ्चालन गरिएको उक्त अवार्ड कार्यक्रममा ५० भन्दा बढी विधामा पुरस्कार प्रदान गरिएको थियो ।
रेड कार्पेट गतिविधिसहितको सो अवार्ड कार्यक्रममा फेसन, मोडलिङ, सिनेमा तथा संगीत विधाका चिरपरिचित व्यक्तिको राम्रै उपस्थिति थियो । अवार्ड कार्यक्रमअन्तर्गत फेसन र मोडलिङ क्षेत्रमा कोरियोग्राफरका रुपमा २ दशकदेखि निरन्तर सक्रिय फेसन कोरियोग्राफरमध्ये पुरुषतर्फ रोजिन शाक्य र महिलातर्फ जयन सुब्बा मानन्धरलाई लिजेन्ड्री फेसन कोरियोग्राफरको अवार्ड प्रदान गरिएको थियो ।
कोरियोग्राफर विधामा नै हिमानी सुब्बाले महिलातर्फ तथा अनिश महर्जनले पुरुषतर्फ बेस्ट कोरियोग्राफरको अवार्ड जित्न सफल भए । कार्यक्रममा रंग पत्रकार कृष्ण भट्टराईलाई बेस्ट फेसन जर्नालिस्टको अवार्ड प्रदान गरिएको थियो भने कोरियाग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले बेस्ट पेजेन्ट उद्घोषकको अवार्ड पनि आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।
फेसन एन्ड मोडल अवार्ड २०१९ मा मिस नेपाल २०१८ शृंखला खतिवडालाई पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड प्रदान गरिएको थियो भने पूर्व मिस नेपाल २००० उषा खड्गीले एभरग्रिन एन्ड पपुलर मिस नेपालको अवार्ड जित्न सफल भएकी थिइन् । अभिनेत्री करिश्मा मानन्धरलाई कार्यक्रममा अल टाइम फेसन डिभाको अवार्ड प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमअन्तर्गत अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था द हिडन टे«जरका गोपाल सुन्दरलाल कक्षपती बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भए । यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले थापिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्री हुट कुटरका रेखा मोदी मित्रुकाले जितिन् । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड भने इनोभेसन इभेन्ट्स म्यानेजमेन्टका महेश केसीले जिते ।
फेसन डिजाइनर विधातर्फ रवीन क्रिएसनका रवीन परियार तथा वाउ फेसन बुटिककी पुष्पा राई चालिसे बेस्ट फेसन डिजाइनरको अवार्ड जित्न सफल भए । ड्रिम वेयर फेसनका मञ्जु बन्जारा ढकालले बेस्ट फेसन डिजाइनर अफ डिकेडको अवार्ड जितिन् । कार्यक्रममा कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड जिते । मोडल विधातर्फ दिक्पाल कार्की पपुलर इन्टरनेसनल नेपाली मोडलको अवार्ड जित्न सफल भए भने कला सुब्बालाई लिजेन्ड्री मोडलको अवार्ड प्रदान गरिएको थियो । मोडल विधामा रुबिस्का श्रेष्ठ र शेराप ग्यालसेनले बेस्ट मोडलको अवार्ड थापेका थिए ।
गीत, संगीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा अमेजन इन्टरटेनमेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड थापेका थिए । काष्ठमण्डप टेलिभिजन भने बेस्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भएको थियो । उक्त अवार्ड कार्यक्रममा डा. रेखा थापाले बेस्ट कस्मेटोलोजिस्ट, तेन्जु योञ्जनले पपुलर फेसन स्टाइलिस्ट, गौरा राईले बेस्ट मेकअप आर्टिस्ट तथा रक्की श्रेष्ठले बेस्ट हेयर स्टाइलिस्टको अवार्ड जित्न सफल भएका थिए । मिसेस विधातर्फ शैलजा शाह (फेस अफ ब्युटिसियन भक्तपुर–२०१९) ले पपुलर पेजेन्ट टाइटल विनर प्रोफेसन बेस्ड (मिसेस)को अवार्ड जितिन् भने दुर्गा पौडेल (मिसेस ग्लोबल नेपाल २०१९) ले पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड जितिन् । सिलाष्मा मल्ल (ब्युटिसियन नेपाल)ले भने पपुलर मोडल (मिसेस)को अवार्ड जितिन् ।
टिन विधातर्फ प्रिया मल्ल तथा स्वागत मल्ल पपुलर मोडल टिनको उपाधि जित्न सफल भए । गिर्वाणी चिकम्बन्जरले बेस्ट ¥याम्प मोडल (टिन)को अवार्ड जितिन् भने रोजेस चिकन्बन्जर तथा निक्की लवाजु पपुलर टाइटल विनर टिनको उपाधि जित्न सफल भए । किड्स विधातर्फ प्रिथा गुरुङ तथा प्रिन्स प्रसिद सिंह ठकुरीले पपुलर मोडल किड्सको उपाधि जित्न सफल भए भने वैभवी शाह तथा अभिनव श्रेष्ठले पपुलर टाइटल विनर किड्सको उपाधि जिते । यसै गरी निशु महर्जनले पपुलर टाइटल विनर प्रोफेसन बेस्ड (मिस) तर्फको अवार्ड जितिन् भने इभान राजा श्रेष्ठले बेस्ट–याम्प मोडल (किड्स)को अवार्ड जित्न सफल भए ।
कार्यक्रममा मोफसल क्षेत्रको विधालाई पनि समावेश गरिएको थियो । जसअन्तर्गत बेस्ट पेजेन्ट अर्गनाइजर (मोफसल)को उपाधि ब्राइट इभेन्ट म्यानेज्मेन्ट, दोलखाका राजन बुढाथोकीले जिते भने पपुलर मोडल (मोफसल)को उपाधि इटहरीका क्षितिज पोखरेलले जिते । काभ्रेकी ममता तामाङले पपुलर टाइटल विनर टिन (मोफसल)को उपाधि जितिन् । यसैगरी मेरिना तुम्सा लिम्बुले पपुलर टाइटल विनर (मोफसल)को उपाधि जित्न सफल भइन् भने झापाका प्रनित पुडासैनीले बेस्ट फेसन कोरियोग्राफर (मोफसल)को अवार्ड जित्न सफल भए ।
समारोहमा झापाका बिरेस राईले इमर्जिङ फेसन डिजाइनरको अवार्ड जिते भने भेषराज खत्रीले इन्फ्ल्यूइन्सियल टाइटल विनरको उपाधि थाप्न सफल भए । बुटबलका अञ्जन कुँवरले इमर्जिङ फेसन कोरियोग्राफर (मोफसल)को अवार्ड जिते भने कृष्ण श्रेष्ठले इमर्जिङ फेसन कोरियोग्राफरको अवार्ड जिते । राजकुमार दर्जीले भने बेस्ट पेजेन्ट डान्स कोरियोग्राफरको अवार्ड जितेका थिए ।