
सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा आयोजना गर्दै आएको कामना फिल्म अवार्डस् यस वर्ष पनि हुने भएको छ । तेस्रो संस्करणको यो अवार्ड समारोह आगामी माघ १६ गते मंगलबार शहीद दिवसका दिन राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ ।
मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट शुरु गरिएको सीजी कामना फिल्म अवार्डस्को तेस्रो संस्करणको मनोनयन सूचीसमेत सार्वजनिक भइसको छ । गतवर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट फिल्म, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ । यो फिल्मबाट पाश्र्व गायक विधामा दुई गायक मनोयनमा परेका छन् ।
छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र हेमराज बीसी निर्देशित गाजलु १४–१४ विधाको मनोयनमा परेको छ । जात्रा उत्कृष्ट फिल्मका साथमा नवनिर्देशक, अभिनेता, अभिनेतृ, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ भने गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेतृ, हास्य कलाकार, नवअभिनेतृ, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ । निश्चल बस्नेतद्वारा निर्देशित लुट–२ एघार विधाको मनोयनमा परेको छ ।
लक्सको सहभागितासँगै कामना फिल्म अवार्डस् २०७४ मा गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ । लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ । केवल एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।
यो फिल्म उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, छायाँकार, सम्पादक र शृंगार विधाको मनोनयमा परेको छ । आकाश अधिकारीद्वारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ । यो फिल्म उत्कृष्ट फिल्मसहित निर्देशक, सहअभिनेता, नवअभिनेता, नवअभिनेतृ, पाश्र्व गायक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, शृंगार र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ । त्यसै गरी बाटोमुनिको फूल–२ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) ९–९ विधाको मनोयनमा परेका छन् । सुवर्ण थापाद्वारा निर्देशित बाटोमुनिको फूल उत्कृष्ट निर्देशक, सहअभिनेता, सहअभिनेतृ, कथा, पटकथा, संवाद, गीतकार, गायिका र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ ।
नवनिर्देशक नरेशकुमार केसीद्वारा निर्देशित डाइङ क्यान्डल नामक फिल्म उत्कृष्ट चलचित्र, अभिनेतृ, नवनिर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ । अर्का नवनिर्देशक सन्तोष शिवाकोटीद्वारा निर्देशित शब्द नामक फिल्म नवनिर्देशक, अभिनेता, नवअभिनेतृ, बाल कलाकार, संवाद, गीतकार, गायक र छायाँकार गरी ८ विधा तथा मिलन चाम्सद्वारा निर्देशित वीरविक्रम नामक फिल्म उत्कृष्ट अभिनेता, नवअभिनेतृ, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधाको मनोनयमा परेको छ । ऋषि लामिछानेद्वारा निर्देशित किस्मत–२ पनि गीतकार, गायिका, द्वन्द्व निर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ।
निर्भय र चपली हाइट–२ चार–चार विधाको मनोनयनमा परेका छन् । निर्भय उत्कृष्ट अभिनेता, अभिनेतृ, बाल कलाकार र संगीतकार तथा चपली हाइट–२ निर्देशक, नवअभिनेता, छायांकन र ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ । पलाँस उत्कृष्ट खलपात्र, गीतकार र गायक तथा राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३–३ विधाको मनोनयमा परेका छन् भने होमवर्क सहअभिनेतृ र कथा, जय परशुराम नवनिर्देशक र द्वन्द्व निर्देशक, किङ नृत्य निर्देशक र द्वन्द्व निर्देशक, सफर गीतकार र नवअभिनेता गरी २–२ विधाको मनोनयमा परेका छन् । त्यसै गरी फिल्म बाजिगर खलपात्र, गाँठो नवअभिनेतृ, लभ सासा अभिनेतृ र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन् ।
दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोनयनमा परेका छन् भने सोही फिल्मबाट कथा र पटकथाको मनोनयनमा पनि परेका छन् । संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धि तामाङ हास्य कलाकारको मनोनयमा छन् । टीका पहारी र गौरव पहारीको बाबु–छोरा एउटै विधा सहअभिनेताको मनानेयनमा परेका छन् । ताराप्रकाश लिम्बु वीरविक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् ।
पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट–२ बाट छायाँकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ फिल्मबाट नृत्य निर्देशक, यस कुमार एउटै फिल्म बाटोमुनिको फूलबाट कथा, पटकथा र संवाद गरी ३ विधा, हेमराज बीसी गाजलुबाट कथा, पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नवनिर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी डाइङ क्यान्डलबाट नवनिर्देशक र कथा तथा सुरेन्द्र पौडेल गाजलु र लुट–२ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्यान्डल र गाजलुबाट शृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट–२ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन् ।
अवार्डमा उत्कृष्ट ५ को मनोनयन गर्ने व्यवस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूची आएको छ ।
सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम फिल्म क्षेत्रको महाउत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक–एक जनालाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ ।
सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम फिल्म क्षेत्रको महाउत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।
लक्सको सहभागीतासँगै कामना फिल्म अवार्डस् २०७४ मा गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ । लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ । केवल एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।
वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेतृ तथा सृष्टि नवअभिनेतृको मनोनयनमा समेत छन् । वर्षा छक्का पञ्जाबाट सहअभिनेतृ विधाको मनोनयमा पनि छिन् । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्ने छिन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यवस्था गरिएको छ । ती विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ । दर्शकले लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।