हुइँया हिजोआज नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ठूलो प्mयान भएर निस्केको छ। साम्राज्ञीले जे गर्छिन्, यो हुइँयालाई असाध्यै मन पर्छ। उनको फिल्मदेखि व्यक्तिगत गतिविधिसम्मबाट हुइँया मोहित छ।
जस्तो कि मयंक खड्कासँग साम्राज्ञीको लामो समयसम्म ईलु ईलु चल्यो। हुइँयाका लागि यो खुसीको कुरा थियो। केहीपछि उनीसँग ब्रेकअप भयो, यो पनि हुइँयाका लागि दुःखको विषय भएन। किनभने साम्राज्ञी जे जे गर्दा रमाउँछिन्, हुइँयालाई पनि त्यसै त्यसैमा रमाइलो लाग्छ। साम्राज्ञी केही महिनायता धनाढ्य देवाक्रस राणासँगको प्रेममा रमाइरहेकी छन्। हुइँया यसमा पनि खुसी छ।
उनै प्रेमी राणासँग साम्राज्ञीले इन्डोनेसियामा क्वालिटी टाइम बिताइन्। त्यसमा पनि हुइँया खुसी छ। बालीको समुद्री किनारमा साम्राज्ञीले आप्mना प्रेमी देवाक्रससँग रोमान्स गर्दै रोमान्टिक तस्वीर पनि खिचाइन्। त्यसमा पनि हुइँया खुसी छ। प्रेमउन्माद झल्किने ती तस्वीर हेरेर हुइँयासमेत रोमाञ्चित भयो। तर आलोचकले भने नानाथरी भनेर गालीको वर्षा बर्साए। जसका कारण देवाक्रसले इन्स्टाग्रामबाट ती तस्वीर नै हटाउनुप¥यो। यसमा भने हुइँयालाई नमज्जा लागेको छ। खास गरी त्यति राम्रो तस्वीर हटाएका देवाक्रसप्रति यो हुइँयाको ठूलो चित्त दुखाइ छ