निश्चल करिश्माको पछि पछि



यो हुइँयालाई हुइँया भएर जिउन पाएकोमा साह्रै गर्व लागेको छ। सबैलाई थाहै छ हुइँया एक अदृश्य प्राणी हो। हुइँयाले सबैलाई देख्न सक्छ, हुइँयालाई कसैले देख्न सक्दैन।

हुइँयालाई देख्न नसक्ने हुइँयाले देख्न सक्ने भएकैले यसले अरुले देख्न नपाएको कुरा पनि देख्न पाउँछ। हुइँयाले देखेको थियो बेला बेलामा हिरोसमेत भएर देखिने फिल्म निर्देशक निश्चल बस्नेतले कहिले कतै भनेका थिए ‘जहिले पनि करिश्मा मानन्धरकै डान्स हेर्नुपर्ने?’ उनले यो कुरा ठूलै स्वरमा भनेको हुइँयाले आप्mनै तिखो कानले सुनेको हो, आप्mनै तेजिलो आँखाले देखेको हो। तर हुइँयाको भाग्य फिल्म जात्रै जात्रामा तीनै निश्चलले उनै करिश्माकै पछि पछि लागेर कम्मर मर्काई मर्काइ नाचिदिए।

र पनि हुइँया के कुरामा सहमत छ भने अरुले नाच्नुपरे पो सधैं करिश्माले नाच्ने भन्ने हो नि। आपैmले नाच्नुपर्ने सवालमा त करिश्मा नै जाती। कि कसो काले दाइ?

प्रतिक्रिया दिनुहोस्