सहयोगी हात र साथप्रति आभार



कलाकर्मीहरुको उत्साहजनक साथका बीच कामना फिल्म अवार्डस्को पाँचौं संस्करण भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ।
देशकै पहिलो फिल्म अवार्डका अभियन्ता तथा कामना फिल्म अवार्डस्का जन्मदाता पुष्करलाल श्रेष्ठ पाँचौं संस्करणको गोदरेज नम्बर वन सिजी कामना फिल्म अवार्डस् २०७६ सम्पन्न गर्ने महङ्खवपूर्ण घडीमा हामीमाझ हुनु भएन। र पनि हामीले उहाँले जन्माउनुभएको यो अवार्डलाई उहाँको अनुपस्थितिमा निरन्तररुपमा अगाडि बढाउने दुस्साहस गरिरहेका थियौं। गत वर्ष मंसिर १५ गतेका दिन चौथो संस्करणको लक्स सिजी कामना फिल्म अवार्डस् २०७५ कलाकर्मी, प्रायोजक तथा विभिन्न क्षेत्रका शुभचिन्तक सारथीहरुको अपार साथ र सहयोगबाट भव्य र सफलापूर्वक सम्पन्न गरेलगत्तै महिनौंसम्म स्वास्थ्य समस्यासँग जुध्दाजुध्दै ६१ वर्षको उमेरमा उहाँको दुःखद स्वर्गारोहण हुन पुग्यो। कामना फिल्म अवार्डस् र यस कामना सिने मासिकको प्रकाशन संस्था कामना न्यूज पब्किसेन्स्सँगै नेपाली चलचित्र क्षेत्रका अभिभावकको असामयिक स्वर्गारोहणको चोटले हामी यस वर्षको अवार्ड समारोह आयोजना गर्नका लागि विचलित हुन पुगेका थियौं।

शोकको यस्तो पीडादायी घडीमा अवार्ड समारोह नै स्थगित गर्ने सोच पनि आएको थियो। तर, फेरि अर्को पक्ष थियो उहाँले देखेका सपना, उहाँले नेपाली चलचित्र र कलाकर्मीको सम्मान तथा सामाजिक प्रतिष्ठाका लागि कोर्नुभएको अवार्डरुपी यो बाटो नै बन्द गर्दा उहाँ खुसी हुनुहोला या अझ बढी दुखीरु कला क्षेत्रकै पुजारी र अभिभावक कला र चलचित्र क्षेत्रको यो महान् उत्सव स्थगित हुँदा पक्कै पनि खुसी हुनुहुने छैन, बरु आफ्नो अनुपस्थिति तथा समग्र कलाकर्मीको उपस्थितिमा अझै भव्य समारोहका साथ अवार्ड आयोजना भएको देखेर खुसी हुनुहुनेछ भन्ने निक्र्योलका साथ हामीले यस वर्ष पनि यो अवार्डलाई निरन्तरता दियौं।

हिउँदे झरी र अंग्रेजी नयाँ वर्षको प्रभावले यसपालिको अवार्ड समारोहमा केही बाधा पनि नपरेको होइन, तर दर्जनौं कलाकर्मी र शुभचिन्तकको उत्साहजनक सहभागिता तथा साथले अवार्ड समारोह भव्यरुपमा सफल हुन पुग्यो। अवार्डको आयोजक कामना भए पनि यो केवल नेपाली कला र चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकहरुकै खातिर आयोजना गरिएको हो। यसर्थ कामना फिल्म अवार्डस्का लागि यो क्षेत्रमा लागि पर्दै आउनुभएका हरेक कलाकार र प्राविधिकले यो समारोहका लागि वर्षको एक दिन समय दिनैपर्छ, निकाल्नै पर्छ। हामी नेपाली कला र चलचित्र क्षेत्रका लागि वर्षैदिन खटिरहेका हुन्छौं। कलाकर्मीले अवार्ड समारोहलाई सफल बनाउन वर्षको केवल एक दिन समय निकाले काफी हुन्छ। अवार्ड समारोह सफल हुनु भनेको कला र चलचित्र क्षेत्रका लागि पनि सुखद पक्ष हो भन्ने ठम्याई हाम्रो छ।
यस मामलामा अधिकांश कलाकर्मीले सधैं कामना फिल्म अवार्डस् समारोहलाई सफल पार्न सहयोग पु¥याउँदै आउनुभएको छ। त्यो सहयोग र सद्भाव यस वर्ष पनि जारी रहेको महसुस हामीले गरेका छौं। अवार्डको पछिल्लो संस्करण नेपाली चलचित्र तथा कलाकारको सम्मानमा पुष्करलाल श्रेष्ठले देख्नुभएको सपनालाई साकार पार्न सफल भएको महसुस हामीले गरेका छौं। सहयोगी हात र न्यानो साथका लागि सम्पूर्ण कलाकर्मी, शुभचिन्तक एवं प्रायोजक र विज्ञापनदाताप्रति हार्दिक आभार।

प्रतिक्रिया दिनुहोस्