इरफानलाई आभाष थियो हारको



बलिउडका ख्यातिप्राप्त अभिनेतान इरफान खानको मुम्बईमा निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

‘मलाई निश्चित भएको छ कि म हारिसकेको छु’ –अभिनेता खानले २०१८ मा आफ्नो नोटमा यो मन छुने वाक्य लेखेको उनका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ। ‘जब उनी क्यान्सरसँग लडिरहेका थिए, उनले यस्तो लेखेका थिए। र आज म यो दुःखद् खबर दिँदै छु कि उनी हामीबीचमा छैनन्’, खानका प्रवक्ताले भनेका छन्– ‘इरफान एक मजबुद मानिस थिए, जसले अन्तसम्म लडाइँ लडे। उनले सधैं आफ्नो नजिक आउने मानिसलाई प्रेरणा दिए। सन् २०१८ मा असामान्य क्यान्सर पत्ता लोपछि उनले आफ्नासामु आएका चूनौतीहरूको जमेर संघर्ष गरी जीवनलाई सम्हालेका थिए। उनी आफ्नो परिवारलाई, जसलाई सधैं धेरै माया गरे, उनीहरूलाई छोडेर स्वर्ग गए। उनलाई आफ्नो परिवारको भरपूर माया मिल्यो। उनले आप्mनो पछाडि एक विरासत छोडेर गएका छन्। अब हामी उनको आत्माको शान्तिको कामना गर्छौं’ –प्रवक्ताले भनेका छन्। इरफानलाई कोलन इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो।

१९८८ मा जब मीरा नायरको फिल्म सलाम बाम्बेले दुनियाभर धुम मचाइरहेको थियो, सायद कसैले पनि १९/२० वर्षको दुब्लो पातलो त्यो केटोलाई ध्यान दिएका थिएनन्, जो केही सेकेन्डका लागि स्क्रिनमा देखिएको थियो। त्यसमा उनले सडककिनारमा बसेर मानिसहरूका लागि चिठ्ठी लेख्ने केटोको छोटो भूमिका गरेका थिए। पहिलोपटक उनलाई मानिसले पर्दामा देखे र बिर्सिए। तर, सायद कसैलाई पनि थाहा थिएन त्यही केटोले अगाडि गएर भारतमात्र नभई दुनियाँभरि नाम कमाउनेछ। इरफानले विस्तारै हिन्दी फिल्मको सबैभन्दा प्रतिभावन अभिनेताको सूचीमा आफूलाई स्थापित गराए। उनले दर्जनौं सिरियल र हिन्दी सिनेमाका साथ लाइफ अफ पाई, द नेमसेक, द स्लमडग मिलियनेयर, द माइटी हार्ट, द अमेजिङ स्पाइडरम्यान जस्ता हलिउड फिल्मबाट समेत नाम कमाएका थिए। उनको निधनपछि बलिउडका दिग्गज कलाकर्मीहरूले दुःख व्यक्त गरेका छन् भने नेपाली कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्