गत मार्चमा दुबईमा ग्लोबल टिचर प्राइज कार्यक्रममा सँगै देखापरेयता रणवीर कपुर र माहिरा खानबीच डेटिङ भइरहेको समाचार बाहिरिएको छ । हालै अमेरिकाको न्युयोर्क सिटीमा तिनीहरु सँगै बसेर धुमपान गरिरहेको तस्वीरहरु सार्वजनिक भएपछि सो समाचार विस्तारै पुष्टि हुँदै गएको छ । बलिउड स्टार र पाकिस्तानी अभिनेतृ खानलाई न्युयोर्कको सडकमा चुरोट पिइरहेको अवस्थामा पापाराजीले भेटाएका हुन् । हालै शाहरुख खान अभिनित फिल्म रइसमा खेलेकी माहिराले सो तस्वीरमा ब्याकलेस ह्वाइट ड्रेस लगाइरहेको र जग्गा जासुसमा अभिनय गरेका रणवीरले साधारण टि–सर्ट लगाएको देखिन्छ । तर, दुवै कलाकारले भने आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको सफाइ दिएका छन् । रणवीरले थुपै्र पत्रकारलाई आफू सिंगल भएको कुरामा जोड दिएर बोलेको सार्वजनिक
भइसकेको छ ।