केही समययता जस्टिन विवर र सेलेना गोमेज धेरैजसो सार्वजनिकस्थलमा सँगै देखापरेका छैनन् । तर, त्यसको अर्थ तिनीहरुबीचको सम्बन्धमा त्यस्तो कुनै खटपट भएको भने पक्कै होइन । विवर नजिकको सूत्रले चर्चित पत्रिका पिपुललाई भनेको छ– ‘सार्वजनिकस्थलमा यो जोडी धेरै नै सँगसँगै नदेखिएकाले तिनीहरु केही नियन्त्रित हुनमात्र खोजेका हुन् । केही दिनअघिसम्म तिनीहरु एकैदिन दुई पटकसम्म सँगै चर्च जाने, सेलेना पनि विवरको हकी गेममा देखापर्ने र फुर्सदको समयमा दुवै मज्जासँग एउटै मोटरसाइकलमा टाँसिएर हुइँकिने गरेका थिए । विवरले आफ्नो मानसिक स्वास्थ स्याहारका लागि समेत ध्यान दिन छोडिसकेका थिए । अब उनी उक्त विषयमा पनि ध्यान केन्द्रित गर्न चाहन्छन् ।’ अर्को एक विश्वसनीय सूत्रले पनि तिनीहरुबीचको रोमान्स ठीकठाक चलिरहेको पुष्टि गरेको छ ।