रहेनन् अभिनेता जयनेन्द्र



अभिनेता जयनेन्द्र चन्द ठाकुर (ठकुरी) को निधन भएको छ।

लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आई केही वर्षदेखि अशक्त जीवन बिताउँदै आएका उनको बागडोल, एकान्तकुनास्थित निवासमा निधन भएको हो। मधुमेह, उच्च रक्तचापजस्ता दीर्घ रोगसँग लड्दै आएका ठाकुर पछिल्ला केही वर्षदेखि पक्षघातका कारण अशक्त रहेका थिए। अशक्तताका कारण उनी केही वर्षदेखि एकान्तकुनास्थित छोरीको निवासमा बस्दै आएका थिए। ८० वर्षीय ठाकुरको एक छोरी छिन्। उनको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। कलाकर्मीहरूले आर्यघाट पुगी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनको निधनप्रति कलाकर्मीहरूले सामाजिक सञ्जालमार्पmत गहिरो शोक व्यक्त गरेका छन्।

ठाकुरले नाटक तथा सानो र ठूलो पर्दाका विभिन्न चलचित्रबाट दर्शकको मन जित्दै आएका थिए। उनी जस्तोसुकै भूमिकामा पनि अभिनय गर्न निपुण थिए। उनले जयनेन्द्र चन्द ठाकुरका रूपमा चिनाउँदै आए पनि आप्mनो थर अरू समुदायसँग मिल्न गएपछि जयनेन्द्र चन्द ठकुरी लेख्दै आएका थिए। अभिनय क्षेत्रमा योगदान पु¥याएबापत उनी विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित भएका थिए। जीवनरेखा नामक चलचित्रबाट अभिनय यात्रा शुरू गरेका उनले फेरि भेटौंला, मायालु, भाग्यरेखा, युद्ध, विश्वास, अधिकार, देउकी, ज्वाला, एक्का ट्रायल, पर्खी बसें, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, भागी भागी नजाऊजस्ता फिल्ममा विभिन्न भूमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका थिए। उनले भारतीय फिल्म पञ्चओटीका साथमा केही पाकिस्तानी फिल्ममा पनि अभिनय
गरेका थिए।

प्रतिक्रिया दिनुहोस्