बलिउड संगीतकार वाजिदको निधन



बलिउडका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको अल्पायुमै निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनको कोरोना संक्रमण (कोभिड–१९) का कारण निधन भएको हुन सक्ने आशंका गरिएको छ। तर संक्रमणको पुष्टि भइनसकेको समाचारमा जनाइएको छ। उनको उपचारका क्रममा मुम्बईको सिटी अस्पतालमा निधन भएको हो।

संगीतकार खानको गत वर्ष मिर्गौला प्रत्यारोपण गरिएको थियो। वाजिद र साजिद खान मिलेर साजिद–वाजिदको नाममा भारतका सयौं फिल्ममा संगीत दिएका छन्। वाजिदले टेलिभिजनका केही रियालिटी शोहरूमा निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए। उनको अल्पायुमै भएको निधनले सिंगो बलिउड नगरी स्तब्ध भएको छ। बलिउडकर्मीले उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्