मिरान्डा सम्मानित



कलाकार लिन म्यानुयल मिरान्डालाई १७ नोभेम्बरमा ल्याटिन ग्रामी अवार्डस्मा सम्मानित गरिएको छ । ३७ वर्षीय स्टार मिरान्डालाई उक्त विशेष कार्यक्रमबीच ल्याटिन रिकर्डिङ एकेडमी प्रेसिडेन्टस् मेरिट अवार्ड प्रदान गरिएको हो । सो संस्थाका अध्यक्ष गाव्रियल अवारोआले रचनाकार, संगीतकार तथा अभिनेता मिरान्डालाई ल्याटिन समुदायमा उनको कलाकारिताको अपूर्व योगदानको कदरस्वरूप सो सम्मान गरिएको बताएका छन् । उनको शहरी र सामाजिक काव्य रचनाले प्रत्येक ल्याटिनीलाई जीवनमा अघि बढ्ने प्रेरणा मिलेको बताइएको छ । गत सेप्टेम्बरमा इर्मा आँधिबाट पीडित अमेरिकीका लागि कोष जुटाउन पनि उनले उल्लेखनीय भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्