बलिउड सुपरस्टार अमिताभ बच्चन केही समयअघि कोलकातामा उनी चिढेको मर्सिडिज कारको अघिल्तिरको एउटा पांग्रा उछिटिँदा बाल–बाल दुर्घटनाबाट बचेका छन् । राज्य सरकारले सो कार उपलब्ध गराउने ट्राभल एजेन्सीसँग यसबारे स्पष्टीकरण माग गरेको छ । घटनाका बेला अमिताभसँग सो कारमा उक्त राज्यका एक वरिष्ठ मन्त्री पनि थिए । २३औं कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलको उद्घाटन गर्न राज्य सरकारको आमन्त्रणमा उनी त्यहाँ पुगेका थिए । त्यहाँबाट मुम्बई फर्कन विमानस्थलतर्फ जाँदै गर्दा डफरिन रोडमा उक्त सवारी दुर्घटना भएको थियो । अनुसन्धानबाट सो मर्सिडिज पुरानो भइसक्दा पनि अवैध ढंगले प्रयोग गरिरहेको पत्ता लागेको समाचारमा उल्लेख छ ।