कलाकर्मीले जिते कोरोना



अभिनेता गायक तथा क्याप्टेन विजय लामाले कोरोनासँगको लडाइँमा जित हासिल गरेका छन्।

क्या. लामाले जिउ दुख्ने समस्या भएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण कोभिड १९ देखिएको थियो। उनले राजधानीको स्टार अस्पतालमा बसेर स्वास्थ्य सेवा लिई कोरोनासँगको लडाइँमा जित हासिल गरेका हुन्। लामाले कोरानालाई खेलाँचीका रुपमा नलिनसमेत सबैलाई सचेत गराएका छन्। त्यसैगरी गीतकार, गायक तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले पनि कोरोनासँगको लडाइँमाथि जित हासिल गरेका छन्। उनी पत्नीसहित कोरोनाबाट संक्रमित भएका थिए। डा. रिजालले राजधानीमो ह्याम्स अस्पतालमा स्वास्थ्य सेवा लिएका थिए।

त्यस्तै लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतले कोरोना भाइरसलाई जितेका छन्।

अमेरिकाको मेरिल्यान्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका महतले आफू र श्रीमती कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। आफूले ध्यान राख्दा राख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन्। कोरोना संक्रमण पुष्टिसँगै आपूmहरु घरको एक एक कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको महतले प्रस्ट्याए। उनले सबैमा सतर्कता अपनाउन अपिल गर्दै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाबाट कोही पनि अछुतो नरहने पनि बताए।

प्रतिक्रिया दिनुहोस्