चाडबाडलाई नखुल्ने भए हल



सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन, यसका बाबजुद हल सञ्चालकहरु यो क्षेत्रलाई चलायमान बनाउन सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन् । तर, सरकारले सत्ता बचाउने खेलमा व्यस्त भएकाले हल सञ्चालनको निर्णय गरको छैन ।

सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लरजस्ता सबैजसो क्षेत्र र सबै प्रकारको बजार खुले पनि सरकारको बेवास्ताका कारण दशैंजस्तो महत्वपूर्ण चाडमा खुल्न नसकेका सिनेमा हल तिहारमा पनि नखुल्ने भएको छ । सिनेमा हलजस्तै भीडभाड विभिन्न निकुञ्ज र मनोरञ्जन पार्क आगामी मंसिर १ गतेदेखि सञ्चालनमा आउने भइसकेका छन्, तर सरकारी बेवास्ताका कारण तिहार र छठजस्ता पर्वमा समेत सिनेमा हल सञ्चालनमा नआउने भएको छ । सिनेमा हल सञ्चालनमा ल्याउन दबाब दिन सिंहदरबारमा पुग्ने गरेका फिल्म व्यवसायीहरु राजनीतिक खिचातानीका कारण व्यस्त हुन पुगेका मन्त्रीलाई भेट्न नसकेर हैरान छन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हल सञ्चालनमा ल्याउन सकिन्छ । तर, त्यहाँसम्म प्रस्ताव नै पु¥याइएका छैन ।

हल सञ्चालकहरुले ७ महिनादेखि बन्द हल पुनः सञ्चालनमा ल्याउन कम्तीमा २ साता लाग्ने बताउँदै आएका छन् । तुरुन्तै यससम्बन्धी निर्णय भए पनि यो तिहार र छठका लागि भने हल सञ्चालनमा आउन सक्ने अवस्था छैन । हल सञ्चालकहरुले यत्रो महिनासम्म नचलेका हल चलाउन सरसफाइ गर्नुपर्छ । छरिएका कर्मचचारीलाई एक ठाउँमा ल्याउनुपर्ने हुन्छ । सर्भर र सप्mटवेयर अपडेट गर्नुपर्छ । त्यसैले अहिले नै हल खोल्न दिने निर्णय गरिए पनि कम्तीमा तिहार सकिएको दुई सातापछि मात्र हल सञ्चालनमा ल्याउन सकिने अवस्था छ । हल सञ्चालनमा ल्याइहाले पनि तत्काल सुखद परिणाम आईहाल्छ भन्ने ग्यारेन्टी पनि छैन ।

छिमेकी मुलकु भारतमा पनि लामो समयपछि फिल्म हल खुले । तर, केवल १०/१२ जनाले मात्र टिकट काटेपछि दर्शक अभावमा कतिपय सञ्चालकले हल नै बन्द गर्नु परेको खबर त्यताबाट आईरहेको छ । भारतका कतिपय हल पुरानो फिल्म देखाएर बसिरहेका छन् । नेपालमा पनि दर्शक आइहाल्ने अवस्था छैन । उता निर्माताहरु आप्mना नयाँ फिल्म रिलिज गर्ने मुडमा छैनन् ।

सरकारले नेपालमा कोरोना संक्रमणबाट हुने कोभिड–१९ देखिनुअघि नै फिल्म हल बन्द गराएको थियो । हलहरु बन्द गराउनुअगाडि रिलिज गर्न तम्तयार भएका फिल्मको सूची लामै छ । तर, हल नखुल्दा उनीहरूको लगानी थप जोखिममा परेको छ भने तिहारपछि हलहरु सञ्चालन गर्न दिइए पनि ती फिल्म तत्काल रिलिज गर्न निर्माताहरु तयार छैनन् । कोरोना जोखिमका कारण दर्शक हलमा आउने सम्भावन अत्यन्त न्यून भएकाले निर्माताहरुले करोडौं लगानी गरेर निर्माण गरेको फिल्म तत्काल रिलिज नगर्ने भएका छन् । हल खुलिहाले पनि कसरी लगानी फिर्ताको जोखिम घटाउने भन्ने चिन्ता निर्माताहरुलाई छ । सामान्य अवस्थामा पनि फिल्म सुपरहिट भएपछि बल्ल केही फाइदा हुने हो । अहिले त आधा दर्शक राखेर फिल्म रिलिज गर्दा झनै जोखिम रहेको निर्माताहरुको बुझाई छ । अर्कोतिर पुरानो फिल्म देखाएर हल सञ्चालन गर्ने चर्चा छ । कोरोनाको त्रासमा पुरानो फिल्म चलाउँदा हल झन् खाली हुन सक्ने र त्यसले बजार बिग्रनेमा बेलैमा सचेत हुनु जरुरी छ । यस अवस्थामा हलले आफ्नो स्तर हेरर ५० हजारदेखि १ लाख रुपियाँसम्म ग्यारेन्टी गर्ने हो भने निर्माताहरु फिल्म रिलिज गर्न तयार देखिएका छन् । यो समस्याको निराकरणका लागि निर्माता र प्रदर्शकहरु एक ठाउँमा उभिनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्