
नायिकाहरूले अंग प्रदर्शन गर्नु सामान्य विषय भएको छ । तर रमाइलो कुराचाहिँ के भने हिजोआज नेपाली फिल्मलाई पनि माथ गर्ने गरी म्युजिक भिडियोहरूमा यौनोत्तेजक दृश्य र अंग प्रदर्शन आम विषय हुन थालेको छ । अरु त अरु लोक र दोहोरीगीतका म्युजिक भिडियोमा समेत अंग प्रदर्शन ह्वात्तै बढेको छ ।
त्यसमा पनि लोकदोहोरी गायिका ज्योति थापामगर अंग प्रदर्शनको मामलामा निकै उदार देखिएकी छिन् । टिभी शो होस् या स्टेज शो, अन्तरवार्ताको कार्यक्रम होस् या गीतसंगीतको ज्योति खुलेर अंग प्रदर्शन गरी आलोचित भएकी छिन् । आफ्ना गीतको म्युजिक भिडियोमा खुलेर अंग प्रदर्शन गर्ने ज्योति टेलिभिजनको अन्तरवार्तामा समेत त्यस्तै रूपमा देखिएपछि कतिपयमा उनका अन्तरवार्ताको कार्यक्रम नै प्रसारण हुन नसकेको दृष्टान्त पनि पाइएको छ ।
एनटिभी प्लसको कार्यक्रम टि टाइममा ज्योतिले अंग प्रदर्शन हुने पहिरन पहिरेर अन्तरवार्तँ दिएपछि एनटिभी प्लसले सो कार्यक्रम नै प्रसारण गरेन । निजी क्षेत्रको टेलिभिजन च्यानल हिमालय टिभीको कार्यक्रम जोगिन्दर बोले प्रण्ाँमजीमा समेत ज्योतिले सोही हर्कत दोहो¥याएपछि त्यो कार्यक्रम पनि प्रसारण भएन ।
ज्योति गायिकाको स्वर राम्रो भए भइगो नि अंग किन प्रदर्शन गर्नुप¥यो र !