
बाँचिरहे अनेक देख्न पाइन्छ भनेको हो रहेछ । कल कान्तिपुरका भीजेद्वय सुरज गिरी र मोडलसमेत रहेकी सहाना वज्राचार्यले पछिल्लोपटक यो उखानको चरितार्थ गरिदिएका छन् ।
केही अगाडि मात्र चितवनमा कारभित्र ‘आपत्तिजनक अवस्थामा भेटिएको’ भन्दै यी दुई प्रहरी र प्रशासनको झन्झटमा परे । त्यो घटना सेलाउँदा नसेलाउँदै सुरज र केहीअघि एक कार्यक्रममा पत्रकारले फोटो खिचेको भन्दै नायिका निशा अधिकारीले ती पत्रकारको क्यामरा नै खोसेर फाल्ने कोसिस गर्दा उननलाई उक्साउने र सँगसँगै साथ दिने सहाना फेरि काठमाडौंमा प्रहरीको फन्दामा परेका छन् ।
गिरी र वज्राचार्यले विज्ञापन तथा म्युजिक भिडियो निर्माण गर्ने कम्पनी हनी विज्ञापन एजेन्सीका सञ्चालक हर्षवद्र्धन साहनीलाई अश्लील गाली गरेको आरोपमा प्रहरी फन्दामा परेका हुन् । प्रहरीले आफूलाई प्राप्त मोबाइल फोन रेकर्डमा सुरजले अनैतिक र अश्लील गाली गरेर धम्क्याएको जनाएको छ । जबकि साहनीले सुरज र सहानालाई एउटा विज्ञापनमा समेत खेलाएका थिए । साहनीको उजुरीबमोजिमको गतिविधि देखिएपछि प्रहरीले उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाएको छ ।
यता यी दुई थुनामा र प्रहरी प्रशासनको फन्दामा परेपछि निर्माता तथा अभिनेता विनोद मानन्धर र उनको नायिका पत्नी करिश्मा मानन्धरलाई उनीहरूलाई लिएर तयार पार्ने योजनामा रहेको एक टिभी कार्यक्रमका लागि विकल्प खोज्न बाध्य भएका छन् । हत्तेरी जुन थालमा खायो, त्यही थालमा थुक्नु त भएन नि ह्यार !