धिरेन्द्र प्रेमर्षि




विजेता : गीतकार (सम्झनाको सारंगी, संरक्षण)

अवार्डअघि : मेरो गीत कामना फिल्म अवार्डको नोमिनेसनसम्म पुगेको छ । तर मलाई डा. कृष्णहरि बरालको गीत लेखनशैली मन पर्छ । उहाँका गीत साहित्यसँग आधारित हुन्छन्, म उहाँको प्रशंसक हुँ । म मैथली पृष्ठभूमिको हुँ । मेरो गीत लेखन पनि मैथली शैलीबाट प्रभावित छ ।

अवार्डपछि : कामना जोडिएको कुनै पनि अवार्ड भनेको आफैमा महत्वपूर्ण अथेन्टिक र गरिमामय हुन्छ । संरक्षणका निर्देशक मेरो भाइजस्तै पूर्णेन्दुझाले कर गरेर लेखेको गीतबाट उत्कृष्टको मनोनयनमा पर्नुनै पुरस्कार जितेसरह थियो । तर सर्वोत्कृष्ट आफै हुने सौभाग्य पाएँ । कृष्णहरि दाइदेखि युवा गीतकरहरुसँग मनोनयनमा परेर अवार्ड जित्दा अब गीतकारीमा ध्यान दिन झकझक्याएको छ ।

प्रतिक्रिया दिनुहोस्