पश्चिमेली सेलिब्रेटीको ग्ल्यामरस छवि



शाक्यजी

वर्ष २०१७ को रेड कार्पेटमा सम्झन लायक शैली अनेकन छन् र तिनलाई स्मरण गर्ने तरिका भने फरक–फरक छ । एकातिर स्टाइलिस, एलिगेन्ट, बोल्ड एन्ड ब्युटिफुल स्टाइल स्टेट्मेन्टले रेड कार्पेट फेसनलाई स्मरणीय बनायो भने त्यहीं केही सेलेब्रेटीको बढी ग्ल्यामरस र अर्धनग्न स्टाइल पनि रेड कार्पेट परिवेशको रोचक पाटो बन्न पुग्यो । जहाँ सेलिब्रेटीहरूको नग्नता पस्कने शैलीले डेरिङ फेसनको संज्ञा प्राप्त गरे पनि सकरात्मक चर्चा भने पाएन ।

गत मे महिनामा क्यान्स फिल्म फेस्टिभलको गाला इभेन्टको रेड कार्पेटमा देखिएकी मोडल बेला हाडिडको पहिरन शैली निकै ग्ल्यामरस थियो । क्रिस्टल एम्बेलिस्ड भएको यो गाउनमा लामो हिपसम्म देखिने स्लिट प्रयोग भएको थियो । ह्यान्ड एम्बेलिसमेन्ट गरिएको राल्फ एन्ड रुसो यो च्यान्डेलियर गाउनमा धेरै दिन लगाएर सिलाइएको यो गाउनमा ३० जनासम्म सिमस्ट्रेसेस्हरूले मिहेनत गरेका थिए । आइसी देवीजस्तै देखिएको बेलाको यो शैलीलाई स्पार्कली नेकेड ड्रेसको संज्ञा दिइएको थियो भने यसलाई डिजाइन गरेका थिए रेने काओभिल्लाले ।


डेरिङ एन्ड बेअर पहिरनका रेड कार्पेट परिवेश तताउनेहरूमा जेनर दिदीबहिनी काइली र केन्डल जेनर पनि रहे । मेट गालामा देखिएकी कायली जेनरको परिहन भर्साचीको गाउन थियो । सुपर नेकेड अटेलियर संज्ञा दिइएको यो गाउनमा फ्रिन्ज र फ्लोल एप्लिक वर्कको बढी काम गरिएको थियो । छालाको रंगसित मिल्दो खालको सेडमा रहेको यो बिडेड गाउनमा फ्यान र ज्वेल्सको वर्क पनि गरिएको थियो ।


२१ वर्षीया केन्डल जेनरले वर्ष २०१७ को एउटा रेड कार्पेट परिवेशमा प्रयोग गरेको पहिरन पनि निकै ग्ल्यामरस थियो । ला पर्लाको हुट कुटर गाउन एउटा सिंगल पिस स्ट्रिङबाट बनाइएको थियो । अत्यन्त बलियो, लचिलो र अत्यन्त पातलो नाइलन धागोमा ८५ हजार वटा क्रस्टल उनिएको थियो । यो गाउन तयार गर्न लागि मिलान, बोलोग्ना, लस एन्जेलस, रोम र न्युयोर्क शहरमा आर्टिस्टहरूले काम गरेका थिए । औद्योगिक र केमिकल इन्जिनियरहरूको पनि यो पहिरन तयार पार्नमा योगदान रहेको थियो ।

सेक्सी बडी उपनाम पाएकी गायिका जेनिफर लोपेजको वर्ष २०१७ मा रेड कार्पेट अपेरियन्स पनि नेकेड ड्रेसभित्र रह्यो । गत अप्रिल महिनामा सञ्चालन भएको बिलबोर्ड लाटिन म्युजिक अवार्ड समारोहमा जेनिफर जुलियन म्याकडोनाल्डले तयार पारेको कालो रंगको लङ स्लिभ गाउनमा देखिएकी थिइन् । गाउनमा धेरै कटआउट थिए र साथमा अनगिन्ती म्यास प्यानलिङ थियो । ड्रेसको ब्याक र साइडमा फिसनेट स्टाइलमा कटआउट थियो, जसले जेनिफरको शरीरलाई अनेक एङ्गलबाट देख्न सकिन्थ्यो ।


अमेरिकन मोडल हेली बाल्डविनको ग्ल्यामरस पहिरन शैली योपटक निकै हट देखियो । गएको अगस्टमा सम्पन्न एम टिभी भिडियो म्युजिक अवार्डस् बाल्डविन सिल्भर कलरको नेकेड जम्पसुट देखिएकी थिइन् । लो भी नेकलाइन भएको सुपर पातलो मटेरियलबाट बनाइएको उक्त जम्प सुटभित्र उनले न्युड निकर्स पहिरिएकी थिइन् ।


भोग, हार्पर्स बजार, एलीलगायतका म्यागाजिनको कभर गर्ल बनिसकेकी अमेरिकन मोडल एस्ली ग्राहमको ग्ल्यामरस छवि पनि यो वर्ष चर्चाको विषय बन्यो । लन्डनमा सम्पन्न हार्पर्स बजार ओमन अफ द इयर अवार्डस् एस्ली डिजाइनर मारिना रिनाल्डीको सी थ्रु डे«ेसमा देखिएकी थिइन् । थुप्रै सिक्वन्स प्रयोग भएको यो डे«सभित्र उनले प्रयोग गरेको कालो लिङ्गरी बाहिरबाट देखिनुले सो पहिरन कुन हदसम्मको पारदर्शी मटेरियलबाट बनेको हो भन्ने अनुमान लगाउन गाह्रो थिएन ।


४४ वर्षीया जर्मन मोडल हाइडी क्लमको न्युड गाउन पनि यो वर्ष न्युज मेकर बन्यो । यो गाउनले उनले प्रयोग गरेको अन्डरगार्मेन्टको प्रदर्शन मात्र गरेको थिएन, सबैको ध्यानलाई सजिलै आकृष्ट गर्ने क्लिभिएजका कारण पनि उनी वर्ष २०१७ मा नेकेड ड्रेस प्रदर्शन गर्ने सेलिब्रेटीमध्येमा परिन् । यो अत्यन्त रिभिलिङ गेटअपमा उनी वार्डरोब माल्फङ्सन हुनबाट बल्ल–बल्ल बचेकी थिइन् ।


भिक्टोरियाज् सिक्रेटकी एन्जल रहिसकेकी ब्रिटिस मोडल स्टेला म्याक्सवेल पिंक कार्पेट लङ स्लिभ सी थ्रु ब्ल्याक ड्रेस पनि यो वर्षको मोस्ट ग्ल्यामरस पहिरनको रूपमा चर्चाको केन्द्रविन्दुमा रहेको पाइयो । भिक्टोरियाज् सिक्रेट फेसन शो पार्टीमा उनले पहिरिएको यो पहिरनभित्र प्रयोग गरेको अन्डर गार्मेन्ट स्पष्ट देखिने उनको यो सियर गार्मेन्टमा उनी लगभग अर्धनग्न अवस्थामा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्