-विजयरत्न तुलाधर
फिल्मी संसारमा फिल्मकै कथालाई प्रस्तुत गरिएका फिल्महरू पनि बन्ने गर्छन् । कहिलेकाहीँ विख्यात फिल्मकर्मीको जीवनमा पनि बायोपिक बन्ने गरेका छन् । हलिउडमा हास्य अभिनयका लागि विश्वविख्यात फिल्मकर्मी चार्ली च्याप्लिनको जीवनीमा आधारित च्याप्लिनलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ भने बलिउडको एउटा हिन्दी फिल्म द डर्टी पिक्चर पनि दक्षिण भारतीय अभिनेत्री शिल्क स्मीथाको जीवनीमा आधारित बायोपिक हो ।
द डर्टी पिक्चर अत्यन्त सफल मानिएको फिल्म हो । बलिउडमै पनि द डर्टी पिक्चरको सफलतापछि फिल्मी संसारमा त्रासदी भोग्नुपरेका अभिनेत्रीको कथामा हिरोइन र राज ३ जस्ता फिल्म बने । सधैंभरि हिन्दी फिल्मकै नक्कल गर्न पल्केका कलिउड भनेर भनिने नेपाली फिल्म संसारमा यस्तो हुनु भनेको कुनै आश्चर्यजनक मान्नुपर्दैन । नेपाली फिल्मको चर्चा गर्दा केही समयअघि प्रदर्शनमा आएको सेल्फी किङलाई फिल्म संसारको कथा भन्न नसकिने भए पनि एउटा कलाकारको पीडालाई फिल्मको पर्दामा प्रस्तुत गरिएको फिल्म हो भन्न सकिन्छ । अभिनेता विपिन कार्कीले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्म कलाकारको दुरुह अवस्था चित्रण गरेर फिल्म संसारको अपमान गरेको फिल्मका रूपमा विवादमा परेको थियो ।
सेल्फी किङलाई फिल्म संसारको कथा भन्न नसकिने भए पनि एउटा कलाकारको पीडालाई पर्दामा प्रस्तुत गरिएको फिल्म हो भन्न सकिन्छ । अभिनेता विपिन कार्कीले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्म कलाकारको दुरुह अवस्था चित्रण गरेर फिल्म संसारको अपमान गरेको फिल्मको रूपमा विवादमा परेको थियो ।
यस्तै गरी गत वर्ष प्रदर्शनमा आएको कहींकतैलाई पनि अर्को उदाहरणका रूपमा लिन सकिन्छ । यो कुनै फिल्मकर्मीको जीवनीमा आधारित बायोपिक त हैन, तर हलिउडको च्याप्लिन अनि बलिउडको द डर्टी पिक्चरजस्तै कहींकतै पनि फिल्मको पर्दामा फिल्मकै कथा प्रस्तुत गरिएको फिल्म हो । यो फिल्ममा एक फिल्म निर्देशक भारतको सिक्किममा एउटा फिल्मको सुटिङका लागि लोकेसन हेर्न जाँदा त्यहीं भेट भएकी एउटी युवतीलाई नै नायिकाका रूपमा अनुबन्धित गर्छ र ती युवतीले अभिनेत्रीका रूपमा ख्याति कमाएपछि उनको जीवनमा आउने परिवर्तनलाई प्रस्तुत गरिएको छ ।
यसभन्दा अघि प्रयोगात्मक शैलीको प्रस्तुति रहेको कथा काठमाडौंको एक अंशमा नायिका प्रियंका कार्कीलाई एउटा विज्ञापन फिल्ममा अभिनय गर्ने युवतीमा फिल्ममा हिरोइन बन्ने इच्छा पलाउने विषयलाई प्रस्तुत गरिएको छ । नेपाली फिल्ममा विशेष गरी फिल्म क्षेत्रका गहन र गम्भीर पक्षलाई भने अहिलेसम्म प्रस्तुत गरिएको देखिँदैन । अहिलेसम्मका फिल्मलाई चर्चा गर्ने हो भने फिल्म जगत्कै कथा र व्यथालाई समेटेर निर्माण भएको एउटा फिल्म प्रोड्युसर हो भने यो फिल्ममा नेपाली फिल्मी संसारभित्र रहेको विसंगतिलाई हास्यरसमा ढालेर प्रस्तुत गरिएको छ । निर्माता राजकुमार राईको लगानी रहेको यो फिल्ममा चर्चित अभिनेता विल्सनविक्रम राईको प्रमुख भूमिका रहेको छ । यो फिल्म बनिरहँदा त्यतिबेला हिरोइन, नायिका र स्टार शीर्षकका तीन चार फिल्म बन्ने चर्चा चलेको थियो भने ती फिल्ममा नेपाली फिल्म संसारमा अभिनय गर्ने अभिनेत्रीको संघर्ष र पीडालाई पर्दामा उतार्ने कुरा प्रकाशमा आएको थियो । ती फिल्मबाहेक पनि निर्मात्री कृषा चौलागाईले पनि एउटी नायिकाले आफूलाई फिल्म क्षेत्रमा स्थापित गराउन के कस्तो दुःख भोग्नुपर्छ भन्ने कथामा एउटा फिल्म बनाउने घोषणा गरेकी थिइन् ।
यसरी एउटी नायिकाको वेदनालाई पर्दामा उतार्ने चर्चा गरेका ती फिल्ममध्ये निर्देशक दिनेश डिसीले निर्देशन गर्ने भनिएको हिरोइनको कथा नायिका रेखा थापाको जीवन कथासँग मिल्दोजुल्दो हुने चर्चा चलेको थियो । तर त्यतिबेला नै निर्देशक डिसीले यो चर्चाको खण्डन गरेका थिए । बरु नायिका रेखा थापाकै प्रमुख भूमिका रहेको जाऊँ हिँड पोखरा शीर्षकको फिल्म भने धेरै हदसम्म आफ्नो अभिनय यात्रासँग मेल खाने कुरा रेखा थापा स्वयंले त्यतिबेला बताएकी थिइन् । चर्चा धेरै चले पनि त्यतिबेला घोषणा भएका फिल्ममध्ये सुमिना घिमिरेले प्रमुख भूमिका निर्वाह गरेको स्टारबाहेक अरु फिल्म भने बनेन । रिलमा एउटी हिरोइनको कथा व्यथालाई प्रस्तुत गरिएको एउटा फिल्म कलिउड पनि हो । नायिका प्रियंका कार्कीले शीर्षक भूमिका निर्वाह गरेको यो फिल्ममा नेपाली फिल्मको विकृत रूप प्रदर्शन गरियो भन्ने कुराको आवाज पनि उठ्यो । एउटी नायिकाले फिल्म क्षेत्रमा स्थापित हुनका लागि कतिसम्म गर्नुपर्छ भने देखाउन खोजिएको यो फिल्म आलोचनाको शिकार भएपछि यस्तै खालको विषयमा फिल्म बनाउन अघि बढेकाहरूको पाइलामा एक प्रकारको ब्रेक लागेको देखिन्छ ।
भारतमा एक जमानाका सुपरस्टार राजेश खन्नालाई चरित्र नायकका रूपमा लिएर दो दिलोंके खेल में बनाएका निर्देशक आकाश पाण्डेले निर्देशन गरेको यो फिल्ममा हिन्दी फिल्मकी नायिका मोनिका बेदीले नायिकाको रूपमा अभिनय गरेकी छिन्। त्यतिमात्र नभई यो फिल्म अमिताभ बच्चन र रेखाले अभिनय गरेको हिन्दी फिल्म दो अनजानेको फोटोकपी गरिएको फिल्म भन्दा फरक पर्दैन ।
पर्दामा फिल्मकै कथालाई प्रस्तुत गरिएका केही फिल्ममध्ये निर्देशक आकाश अधिकारीको काठमाण्डौं र निर्देशक आकाश पाण्डेकोे परिचय प्रमुख छन् । परिचयमा एउटी युवतीले नायिका बन्ने मोहमा आप्mना श्रीमान्समेतलाई गुमाएको देखाइएको छ । भारतमा एक जमानाका सुपरस्टार राजेश खन्नालाई चरित्र नायकका रूपमा लिएर दो दिलोंके खेल में बनाएका निर्देशक आकाश पाण्डेले निर्देशन गरेको यो फिल्ममा हिन्दी फिल्मकी नायिका मोनिका बेदीले नायिकाको रूपमा अभिनय गरेकी छिन् । त्यतिमात्र नभई यो फिल्म अमिताभ बच्चन र रेखाले अभिनय गरेको हिन्दी फिल्म दो अनजानेको फोटोकपी गरिएको फिल्म भन्दा फरक पर्दैन । निर्देशक आकाश अधिकारीको काठमाण्डौंमा अमेरिकामा फिल्म विषयमा अध्ययन गरेर आएका एक उत्साही निर्देशकले काठमाडौंका जल्दाबल्दा समस्यामाथि फिल्म बनाउने प्रयास गरेको देखाइएको छ । नेपाली फिल्म क्षेत्रमा एक स्थापित ब्यानर सयपत्री फिल्म्सले निर्माण गरेको प्रीतिको फूलमा पनि फिल्म संसारको एक झलक देख्न पाइएको थियो ।
यीबाहेक कतिपय फिल्ममा फिल्मको सुटिङ भइरहेको एक झलक राख्ने वा सुटिङका क्रममा आएका कलाकारले फिल्मको पात्रलाई सघाउने दृश्य समेट्ने गरेका दृश्य राखिन्छ । दाइको ससुरालीमा नायकको गाउँमा सुटिङ गर्न आएका निखिल उप्रेतीले त्यस फिल्मका नायक प्रकाश ओझालाई मद्दत गर्छन् भने जय शिव शंकरमा विराज भट्टले पनि त्यस्तै गर्छन् । फिल्म संसारकै एक झलक अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको ब्रेक फेलमा पनि छ । यसमा दुई जना अल्लारे युवाको फिल्म क्षेत्रमा एक्स्ट्रा आर्टिस्टका रूपमा प्रवेश गरेको देखाइएको छ भने नायिका ऋचा घिमिरेले यसमा ड्रेस डिजाइनरको भूमिका निर्वाह गरेकी छन् । यस्तै गरी भुवन केसीले फिल्म जगत्कै कथालाई लिएर सुपरस्टार र साथी म तिम्रो गरी दुई फिल्म बनाएका छन् । तर दुवै फिल्ममा उनले फिल्म जगत्को परिवेशलाई सटिकरूपमा प्रस्तुत गर्न नसकेको आरोप खेप्नुपरेको थियो ।
जाऊँ हिँड पोखराका निर्देशक शोभित बस्नेतको एक फिल्म इन्साफमा पनि फिल्मक्षेत्रकै कथा प्रस्तुत गरिएको थियो भने उनकै एक अर्को फिल्म शक्तिमा राजेश हमाललाई नायक राजेश हमालकै रूपमा अनि कर्णवीरमा निरुता सिंहलाई पनि निरुता सिंहकै रूपमा प्रस्तुत गरिएको थियो । अभिनेता एवं निर्देशक विश्व बस्नेतले त चलचित्र शीर्षक नै राखेर एउटा फिल्म बनाएका छन् । यस्तै गरी शोभित बस्नेतले तँ त साह्रै नि सप्रिस् बद्रीमा पनि नायकलाई हिरो बन्ने चाहना भएका एक पात्रका रूपमा प्रस्तुत गरेका छन् भने आप्mनो त्यही रुचिको खलनायकको फन्दामा परेको देखाइएको छ ।
यस्ता फिल्म अरु पनि छन् । तीमध्ये चर्चित भनेको दुलही पनि हो । नायिका सुमिना घिमिरेको प्रमुख भूमिका रहेको दुलहीलाई महानायक राजेश हमालको वास्तविक जीवनको कथा भनेर चर्चा गरिएको थियो । जुन वास्तवमा हावादारी हल्ला मात्रै साबित हुन पुगेको थियो । यीबाहेक ख्यातिप्राप्त फिल्मकर्मीहरूको जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको फिलिम शीर्षकको फिल्म भने शीर्षक फिलिम भए पनि फिल्म संसारसित सम्बद्ध भने छैन । यसरी नेपाली फिल्मको पर्दामा समयसमयमा फिल्मकै कथा प्रस्तुत गरिएको पाइन्छ । तर तीमध्ये कुनै पनि फिल्मले दर्शकको मन छुन सकेको देखिँदैन ।